काठमाडौं – साताको पहिलो सेयर कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक १०.२५ अंकले घटेर २६९८.४४ विन्दुमा अडिएको छ

यो समयमा ३३० वटा स्क्रिप्सको २ करोड ६२ लाख  ३६ हजार २०४ कित्ता सेयर ११ अर्ब ६५ करोड ९७ लाख ५२ हजार  १४३ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये ८५ वटा स्टक्सको मूल्य बढ्दा १६८ वटाको घट्यो। ७ वटा स्टक्सको मूल्य भने घट्यो। दोहोरो अंकले घटेको बजारमा सुपर माइ हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

रिडी पावरको सेयर ९.९८ प्रतिशतले बढ्दा कालिञ्चोक होइड्रोपावरको ९.९७ प्रतिशतले बढ्यो।  हिमालयन हाइड्रोपावरको सेयर ५.३९ प्रतिशतले बढ्दा जोशी हाइड्रोपावरकोको ४.४९ प्रतिशतले बढ्यो।

यसदिन कालिञ्चोक दर्शनका लगानीकर्ताले भने सर्वाधिक गुमाए। सो कम्पनीको सेयर ८.९१ प्रतिशतले घट्यो। दुई समूहको उपसूचकबाहेक बाँकी समूहको उपसूचक नकारात्मक देखिए। इन्भेष्टमेन्ट बैंक र अन्य समूहको उपसूचकबाहेक बाँकी ११ वटा समूहको उपसूचक नकारात्मक देखिएका हुन्।