काठमाडौँ । सोमबार सुनको मूल्य तोलामा २ लाख ६० हजार रुपैयाँ नाघेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य २ लाख ६० हजार ७०० रुपैयाँ पुगेको हो ।
जबकि अघिल्लो दिन सुनको मूल्य तोलामा २ लाख ५८ हजार ८०० रुपैयाँ थियो ।
यस्तै चाँदीको मूल्यले पनि उचाइ लिएको छ । आइतबार तोलामा ३ हजार ८३५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार बढेर तोलामा ३ हजार ८७० रुपैयाँ पुगेको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेकाले स्थानीय बजारमा पनि बढेको हो ।





































