काठमाडौं— नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य घटेको छ । आज सुन ३ हजार ८ सयले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार २ लाख ४३ हजार ३ सयमा कारोबार भइरहेको सुन आज २ लाख ३९ हजार ५ सयमा कारोबार भइरहेको छ । 

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य ६५ रुपैयाँले घटेको हो । आज चाँदी आज ३ हजार ९० रुपैयाँमा कारोबार भएको छ ।