काठमाडौं— सामाओले नेपालले विरुद्धको खेलमा टस जितेको छ ।
ओमानमा जारी आइसीसी पुरुष टी-२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनौट प्रतियोगिता अन्तर्गतको सुपर सिक्सको अन्तिम खेलमा सामाओले टस जितेर पहिला बलिङ गर्ने भएको छ । योसँगै नेपालले यस खेलमा पहिला ब्याटिंग गर्ने भएको छ ।
नेपाल अंक तालिकामा शिर्ष स्थानमा छ भने विश्वकपमा छनौट भइसकेको छ । नेपालले आजको खेलमा समाओलाई पराजित गरेर छनौट प्रतियोगिताको ट्रफी जितेर घर फर्किने लक्ष्यका साथ आज खेल्ने छ ।
त्यस्तै सामाओले भने विश्वकपको दौडबाट बाहिरिइसकेको छ । सुपरसिक्समा सामाओले अहिलेसम्म जित हासिल गर्न सकेको छैन ।
नेपालले आज कुशल मल्ल र सोमपाल कामीको स्थानमा आरिफ सेख र ललित राजबंशीलाई खेलाएको छ ।