काठमाडौं— आज सुनको भाउ प्रतितोला २ लाख ५० हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

बिहीबार सुनको भाउ प्रतितोला २ लाख ५० हजार ९ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिनको तुलनामा आज तोलामा २ हजार रुपैयाँ मूल्य बढेको हो । आजको सुनको भाउ हालसम्मकै उच्च हो ।

अघिल्लो दिन २ लाख ४८ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । चाँदीको भाउ तोलामा ३५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३२४० रुपैयाँ रहेको चाँदी आज ३२७५ रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार चाँदी ३३२५ रुपैयाँसम्म पुगेको थियो ।