काठमाडौं— सडक विभागका महानिर्देशक विजय जैसीले वीपी राजमार्ग बन्न सात दिन लाग्ने बताएका छन् । आइतबार पत्रकार सम्मेलन गर्दै उनले सो कुराको जानकारी दिएका हुन् ।
उनले खोलामा पानीको बहाव बढी रहेको र पानी काम हुने बित्तिकै खोल्ने तयारी गरिएको जानकारी दिए । ‘आज बाट नै काम सुरु भएको छ । गत वर्षकै जस्तो बाढीले सडक कटान गरेकाले केहि समय लाग्न सक्छ ।’ महानिर्देशक जैसीले पत्रकार सम्मेलनमा भने ।