काठमाडौं— साताको पहिलो कारोवार दिन नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ११ सय रुपैयाँले बढेको हो ।

शुक्रबार २ लाख १६ हजार रुपैयाँमा कारोबार भएको सुन आज बढेर तोलाको  २ लाख १७ हजार एक सयमा कारोबार भइरहेको छ । 

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले बढेको छ । 

शुक्रबार तोलाको २५ सय ८० रूपैयाँमा किनबेच भएको चाँदी आज २६ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।