काठमाडौं— अस्ट्रेलियामा जारी टप इन्ड टि–ट्वान्टी सिरिजमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज सोमबार घरेलु टोली मेलवर्न स्टार्स एकेडेमीविरुद्ध खेल्दैछ ।
डार्विनस्थित टीआईओ स्टेडियममा हुने खेलमा नेपालले अष्ट्रेलियन फ्रेन्चाइज टोली मेलबर्न स्टार्ससँग प्रतिस्पर्धा गर्ने लागेको हो ।
नेपाली टोलीको नेतृत्व कप्तान रोहित पौडेलले गरिरहेका छन् । नेपाली टोली सिरिजमा पहिलो जितको खोजीमा मैदान उत्रनेछ । सिरिजका अघिल्ला दुई खेलमा लगातार हार व्यहोरेको नेपाल पहिलो जितको स्वाद लिन चाहन्छ ।
लगातार दुई खेलमा हार भोगेको नेपाल अंकविहिन रुपमा तालिकाको १० औँ स्थानमा छ ।