काठमाडौं । पछिल्ला केहि दिनदेखि निरन्तर ओरालो लागि रहेको शेयर बजारमा आज भने सामान्य सुधार देखिएको छ । आज २.६२ अंकले बढेको बजार २७.८८ बिन्दुमा पुगेर रोकिएको हो । यसअघि बुधबार नेप्से परिसुचक १०.५० अंकले घटेर २७८५.७४ बिन्दुमा पुगेर रोकिएको थियो ।

यसदिन कुल ३२० स्टकको ७ अर्ब ४६ करोड ४१ लाख ७७ हजार ७०४ रुपैयाँ बराबरको १ करोड ९२ लाख ५८ हजार ४४५ कित्ता शेयर कारोबार भएको छ । बुधबार ६ अर्ब १६ करोड १८ लाख ९४ हजार ७३४ रुपैयाँ बराबरको १ करोड ५८ लाख ४७ हजार ८७३ कित्ता शेयर कारोबार भएको थियो ।

आज सेन्सेटिभ इन्डेक्स ०.९३ अंकले घटेको छ । फ्लोट इण्डेक्स ०.११ अंकले घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स भने ०.३१ अंकले घटेको छ ।

आज नेपााल रिपब्लीक मिडियाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस कमपनीको शेयर मूल्य प्रतिकित्ता ४९.१५ रुपैयाँले बढेर ५४१.३० रुपैयाँमा अन्तिम कारोबार भएको छ । पञ्चकन्यामाई हाइड्रो पावरको शेयर मूल्य २२.२७ रुपैयाँले बढेर प्रतिकित्ता ४२२.६३ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

राधी जलविद्युत कम्पनीको शेयर मूल्य पनि आज प्रतिकित्ता ३३.८६ रुपैयाँले बढेर ७९८.०८ रुपैयाँमा अन्तिम कारबोर भएको छ । यस्तै अपर स्याङ्गी हाइड्रो पावरको शेयर मूल्य २८.०२ रुपैयाँले बढेर ६९१.६५ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

आज एनाईसी एशिया फेलेक्सी क्याप फण्डको शेयर मूल्य सबैभन्दा धेरै ८.३१ प्रतिशतले घटेर ९.३८ रुपैयाँमा अन्तिम कारोबार भएको छ । यस्तै एनआईसी एशिया सेक्ट फण्ड ३० को शेयर मूल्य प्रतिकित्ता ६.७७ प्रतिशतले घटेर ९.२३ रुपैयाँमा अन्तिम कारोबार भएको छ । नेपाल बैंक लिमिटेडको शेयर मूल्य ५.९१ प्रतिशतले घटेर प्रतिकित्ता २६६.२१ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

यस दिन नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेड, नेपाल इन्फ्रास्टक्चर डेभ्लप्मेन्ट लिमिटेड, बलेफि हाइड्रोपावर, हिमालयन रिइस्योरेन्स लिमिटेड र साहस उर्जा लिमिटेडको शेयर सबैभन्दा धेरै कारोबार भएको छ । आज नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको सबैभन्दा धेरै ४७ करोड १७ लाख १३ हजार २९८ कित्ता शेयर कारोबार भएको छ ।