काठमाडौं— काठमाडौं महानगरपालिकाले म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन १७) च्याम्पियन नेपाली एमएमए फाइटर रवीन्द्र ढाँटलाई २ लाखले सम्मान गरेको छ ।
महानगरले मंगलबार उनलाई २ लाख रूपैयाँसहित सम्मान गरेको हो । ढाँटले भारतको नोएडामा भएको म्याट्रिक्स फाइट नाइट (एमएफएन) १७ मा बान्टमवेट च्याम्पियनको उपाधि जितेका थिए ।
उनले भारतका चोंगरेंग कोरेनलाई तेस्रो राउन्डमा पराजित गर्दै यो उपाधि हासिल गरेका थिए । यस जितले रवीन्द्रको व्यावसायिक रेकर्ड ८–१ मा सुधार भएको छ भने कोरेनको पाँच फाइटको यात्राको रेकर्ड तोडेका थिए । बझाङका रवीन्द्र यो उपाधि जित्ने पहिलो नेपाली फाइटर बनेका थिए ।