काठमाडौं –  नेप्सेमा सामान्य सुधार भएसँगै आज शेयर बजार २.३५ अंकले बढेको छ । मंगलबार शेयर बजारमा ४१ अंकको गिरावट आएको थियो । आज नेप्से परिसुचक ०.०८ प्रतिशतले बढेर २८३६.३५ बिन्दुमा पुगेर रोकिएको हो ।

यस दिन कुल ३२० स्टकको ७ अर्ब ६३ करोड १३ लाख ७५ हजार ९५२ रुपैयाँ बराबरको २ करोड १६ लाख ५७ हजार ७०६ कित्ता शेर कारोबार भएको छ । मंगलबार ९ अर्ब ३३ करोड ३९ लाख ८८ हजार ४८१ रुपैयाँ बराबरको २ करोड २२ लाख ७ हजार १४२ कित्ता शेयर कारोबार भएको थियो ।

आज सेन्सेटिभ इन्डेक्स ०.३१ अंकले घटेको छ । फ्लोट इण्डेक्स ०.११ अंकले बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स भने ०.०४ अंकले घटेको छ । यसदिन समाज वीन नेपाल लघुवित्त वित्तिय संस्था लिमिटेड, माहुली लघुवित्त र ट्रेड टावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

नेपाल लघुवित्त वित्तिय संस्था लिमिटेडको शेयर मूल्य २१५.१३ रुपैयाँले बढेर प्रतिकित्ता २३६७.२० रुपैयाँमा अन्तिम कारोबार भएको छ । माहुली लघुवित्तको शेयरमूल्य १४८.६४ रुपैयाँले बढेर प्रतिकित्ता १६३५.८० रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी, ट्रेड टावरको शेयर मूल्य पनि प्रतिकित्ता ९५.६३ रुपैयाँले बढेर १०५२.९० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

यसदिन थ्रिस्टार लघुवित्तको शेयर मूल्य सबैभन्दा धेरै घटेको छ । यस कम्पनीको शेयर मूल्य आज प्रतिकित्ता ३३.३३ रुपैयाँले घटेर ८४७.७७ रुपैयाँमा अन्तिम कारोबार भएको छ । रिलायबल सम्वृद्धि योजनको शेयर मूल्य प्रतिकित्ता ०.२६ रुपैयाँले घटेर ९.२४ रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी समता लघुवित्तको शेयर मूल्य पनि प्रतिकित्ता २९.३७ रुपैयाँले घटेर १०४८.५३ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

यसदिन हिमालयन रिइन्स्योरेन्स लिमिटेड, एनआरएन इन्फ्रास्टक्चर, सिवम् सिमेन्ट र नाग्दी ग्रुप, बलेफि हाइड्रोपावर कम्पनीको शेयर सबैभन्दा धेरै कारोबार भएको छ ।