काठमाडौं— आर्थिक वर्ष २०८२/८३ को पहिलो दिन सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९२ हजार ३०० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९२ हजार रुपैयाँ कायम भएको थियो ।
यस्तै आज चाँदीको मूल्य ५ रुपैयाँ बढेको छ । यसैसँगै बुधबार तोलामा २२ सय ६० रुपैयाँ रहेको चाँदीको मूल्य बिहीबार २२ सय ६५ रुपैयाँ कायम भएको छ ।
सरकारले यस आर्थिक वर्षका लागि तोकेको २ प्रतिशत विलासिता कर पनि आजबाट लागू हुनेछ । यस करको सुनचाँदी व्यवसायीले भने विरोध गर्दै आएका छन् ।