काठमाडौं— नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आज छापावाल सुनको मूल्य तोलामा १ हजार ३ सय रुपैयाँले घटेर १ लाख ९२ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि मंगलबार सुन तोलाको १ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी २ हजार २ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।