काठमाडौं— नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य सोमबारको तुलनामा स्थिर रहेर तोलाको १ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य भने घटेको छ । तोलामा ४० रुपैयाँले घटेर चाँदी २ हजार २ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।