काठमाडौं— नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । आइतबारको तुलनामा सोमवार (आज) छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँ वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमवार (आज) छापावाल सुनको मूल्य प्रतितोलामा १ लाख ९३ हजार ३०० रुपैयाँ कायम भएको छ । यसअघि आइतवार उक्त सुन तोलामा १ लाख ९२ हजार ९०० रुपैयाँ कायम भएको थियो ।

यसैगरी चाँदीको मूल्य पनि बढेको छ । आइतवार तोलामा २ हजार २८५ रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमवार बढेर तोलामा २ हजार ३१५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।