काठमाडौं— काठमाडौं महानगरपालिकाले आइतबार आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट ल्याएको छ ।
राष्ट्रिय सभागृहमा बसिरहेको गरसभा बैठकमा उपमेयर सुनिता डंगोलले २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बराबरको अनुमानित बजेट ल्याएको बताएकी हुन् । ६५ करोड रुपैयाँ अन्य बाह्य व्ययभार हुने गरी उक्त परिमाणको बजेट ल्याएको उनले बताइन् ।
उनका अनुसार २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ सञ्चित कोषमा जम्मा हुने देखिएको छ । जसमा काठमाडौं महानगरपालिकाको आन्तरिक आय र बैंक खातामा २० अर्ब १२ करोडको स्रोत व्यवस्थापन हुने निश्चित भएको छ ।
उता नेपाल सरकारबाट समानीकरण र राजस्व बाँडफाँटबाट ४ अर्ब ९८ करोड ७९ लाख ४१ हजारको स्रोत व्यवस्थापन भएको उनले बताइन् ।
आइतबारै बिहान बसेको कार्यपालिका बैठकले महानगरपालिकाका लागि आगामी आर्थिक वर्षको २५ अर्ब बराबरको बजेट पारित गरेको थियो ।