काठमाडौं— नेपाली बजारमा आज सुन–चाँदीको मूल्य घटेको छ। बिहीबार प्रतितोला दुई हजार नौ सय रूपैयाँ घटेको हो।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ८९ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

चाँदी शुक्रबार प्रतितोला दुई हजार एक सय ६५ रूपैयाँ किनबेच भइरहेको छ।  यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ घटेको हो।