काठमाण्डौ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको सटहीदर निर्धारण गरेको छ ।
अमेरिकी डलर केही घटेर एकको खरिददर १३८ रूपैयाँ २४ पैसा र बिक्रीदर १३८ रूपैयाँ ८४ पैसा कायम भएको छ । हिजो अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३९ रुपैयाँ ६ पैसा निर्धारण गरिएको थियो ।
युरोपियन युरो आज एकको खरिददर १५९ रुपैयाँ २० पैसा र बिक्रीदर १५९ रुपैयाँ ८९ पैसा रहनेछ । युरो हिजोको भन्दा केही बढेको हो । शुक्रबार युरो एकको खरिददर १५९ रुपैयाँ र बिक्रीदर १५९ रुपैयाँ ६९ पैसा कायम भएको थियो । पाउन्ड स्टर्लिङ एकको खरिददर १८६ रूपैयाँ ५१ पैसा र बिक्रीदर १८७ रूपैयाँ ३२ पैसा, स्विस फ्रयांक एकको खरिददर १६९ रूपैयाँ ०७ पैसा र बिक्रीदर १६९ रूपैयाँ ८० पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ८९ रूपैयाँ ६४ पैसा र बिक्रीदर ९० रूपैयाँ ०३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रूपैयाँ ८६ पैसा र बिक्रीदर १०१ रूपैयाँ ३० पैसा तोकिएको छ । सिंगापुर डलर एकको खरिददर १०७ रूपैयाँ ५८ पैसा र बिक्रीदर १०८ रूपैयाँ ०५ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर नौ रूपैयाँ ५० पैसा र बिक्रीदर नौ रूपैयाँ ५४ पैसा तोकिएको छ । चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ २५ पैसा र बिक्रीदर १९ रूपैयाँ ३४ पैसा निर्धारण गरिएको छ । साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ८४ पैसा र बिक्रीदर ३७ रूपैयाँ, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ९२ पैसा र बिक्रीदर ३८ रूपैयाँ ०९ कायम भएको छ ।
थाई भाट एकको खरिददर चार रूपैयाँ २२ पैसा र बिक्रीदर चार रूपैयाँ २४ पैसा, यूएई दिराम एकको खरिददर ३७ रूपैयाँ ६४ पैसा र बिक्रीदर ३७ रूपैयाँ ८१ पैसा तोकिएको छ । मलेसियन रिंगेट एकको खरिददर ३२ रूपैयाँ ५१ पैसा र बिक्रीदर ३२ रूपैयाँ ६५ पैसामा विनिमय हुनेछ ।
साउथ कोरियन वन १०० को खरिददर १० रूपैयाँ १० पैसा र बिक्रीदर १० रूपैयाँ १५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रूपैयाँ ३२ पैसा र बिक्रीदर १४ रूपैयाँ ३८ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रूपैयाँ ३४ पैसा र बिक्रीदर २१ रूपैयाँ ४३ पैसा तोकिएको छ । हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ६१ पैसा र बिक्रीदर १७ रूपैयाँ ६९ पैसा, कुवेती दिनार एकको खरिददर ४५१ रूपैयाँ ४० पैसा र बिक्रीदर ४५३ रूपैयाँ ३६ पैसा तोकेको छ ।
बहराइन दिनार एकको खरिददर ३६६ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३६४ रूपैयाँ १३ पैसा, ओमनी रियाल एकको खरिददर ३५९ रूपैयाँ ०५ पैसा र बिक्रीदर ३६० रूपैयाँ ६० पैसा रहेको छ ।भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ ।