काठमाडौं– जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको हकप्रद सेयर सुरक्षित गर्न आज (बिहीबार) अन्तिम दिन रहेको छ। कम्पनीले असार ८ गतेलाई बुक क्लोज मिति तोकेको हुँदा आजसम्म कायम रहेका सेयरधनीहरूले मात्रै हकप्रद सेयरका लागि आवेदन दिने अवसर पाउनेछन्।
असार ६ गते शुक्रबार र ७ गते शनिबार सार्वजनिक बिदा परेकाले आजसम्म सेयरधनी सूचीमा नाम भएका लगानीकर्ताले मात्र हकप्रदमा सहभागी हुन पाउने व्यवस्था गरिएको हो।
धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरी कम्पनीले १ः१ अनुपातमा २४ लाख १४ हजार १०० कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो। यस अनुसार, कम्पनीका हालका सेयरधनीहरूले एक कित्ता सेयरमा एक कित्ता हकप्रद सेयर लिन सक्नेछन्।
हकप्रद सेयर निष्कासनबाट संकलन हुने पूँजी कम्पनीले हाल सञ्चालनमा रहेका आयोजनाको निर्माण तथा ऋण चुक्ता गर्न प्रयोग गर्ने जनाएको छ।