काठमाडौं — अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा हुने आगामी महिला लिग छनोट प्रतियोगितामा १६ टोलीले सहभागिता जनाउने भएका छन्। एन्फाले सोमबार जानकारी दिँदै लिग छनोटका लागि १६ टिमले आधिकारिक रूपमा दर्ता गरिसकेको जनाएको हो।
दर्ता भएका टिमहरूमा बुटवल लुम्बिनी एफसी, छहारी युवा क्लब, चित्लाङ एफसी, चर्च ब्वाइज युनाइटेड एफसी, एफसी रियाले, झापा एफसी, ककनी खेलकुद प्रतिष्ठान, लम्की फुटबल तथा प्रशिक्षण केन्द्र, नेपाल बेस्ट म्यानेजमेन्ट, नेपाल खेलकुद क्लब, न्युरोड टिम (एनआरटी), राप्ती एफसी, आरएस रिसोर्ट तथा बिच फुटबल क्लब, संकटा एफसी, सिन्धुपाल्चोक एफसी र स्टुडेन्ट एफसी समावेश छन्।
छनोट प्रतियोगिता आगामी साउन २७ गतेदेखि सुरु हुनेछ। एन्फाले असार २० गतेभित्र खेलाडी दर्ता गर्नुपर्ने र असार १६ गते खेल तालिका सार्वजनिक गरिने जनाएको छ।