काठमाडौं  - उपत्यका छिर्ने नाका नागढुंगा चेक पोष्टमा एक भारतीय यात्रु २७४.८३ ग्राम सुनसहित पक्राउ परेका छन् ।


काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बा.प्र.०३-००१ ख ३१३९ नम्बरको यात्रुवाहक बसमा चेकजाँचको क्रममा भारत वेस्ट बंगाल घर बताउने करिब ३१ वर्षीय महादेव सामन्तलाई ४५ लाख ६३ हजार ८२६ रूपैयाँबराबरको सुनसहित पक्राउ गरिएको काठमाडौं प्रहरीका एसपी अपीलराज बोहराले बताए ।