काठमाडौं— अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधबारको तुलनामा आज सुन तोलामा रु पाँच सयले बढेको छभने चाँदीको भाउ स्थिर छ।

आज एक तोला सुनको मोल रु एक लाख ९३ हजार ७०० कायम भएको छ भने सोही परिमाणको चाँदीको मूल्य रु दुई हजार ७५ निर्धारण भएको छ।

अन्तर्राष्ट्रिय बजारमा आज एक औंस सुनको मूल्य तीन हजार ३८९ डलर कायम भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमरूले जनाएका छन्।