काठमाण्डौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सवाल जवाफ गर्ने युवक पक्राउ परेका छन् ।
शनिबार नुवाकोटको सूर्यगढी गाउँपालिका –३ चोकदेस्थित बागेश्वरी माविको हिरक जयन्ती समारोहमा प्रचण्डसँग सवाल जवाफ गर्न खोज्दा सुर्यगढी गाउँपालिका-२ बोहोरेका जनार्दन अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो। प्रचण्डले कार्यक्रममा मन्तव्य राखिरहेको बेलामा नजिकै बसिरहेका युवकले बीचमा उठेर ‘मेरो तपाईंसँग एउटा प्रश्न छ? भनेका थिए।
त्यसलगत्तै प्रचण्डले भने, ‘यो समय सवालजवाफ गर्ने होइन। यसै क्रममा केही प्रहरी आएर उनलाई पक्राउ गरेर लगे। पाँच मिटर पर पुग्ने बित्तिकै युवकमाथि अन्य व्यक्तिले युवकमाथि हातपात गरे। प्रहरीले पक्राउ गरेका युवक जनार्दन अधिकारीको मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ ।