काठमाडौं— बिहीबार सुनको मूल्य घटेको छ । आज छापावाल सुन तोलामा १५०० सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ८७ हजार ८०० रुपैयाँ कायम भएको  छ । यसअघि बुधबार छापावाल सुन प्रतितोला एक लाख ८९ हजार ३०० रुपैयाँ कायम भएको थियो ।

यस्तै आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । यससँगै बुधबार प्रतितोला २ हजार ५ रुपैयाँ कायम भएको चाँदी बिहीबार १९ सय ९५ कायम भएको छ ।