काठमाडौं— काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगा चेकप्वाइन्टबाट प्रहरीले चाँदीका गहनासहित एक जनालाई पक्राउ गरेको छ ।

वीरगन्जबाट आएको बा.प्र.–०१–००३ ख ३७०१ नम्बरको बसका सहचालक अनिश कुमार सिंहलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले जानकारी दिए । 

उनका अनुसार ३२ वर्षीय अनिश कुमार सिंहले बसमा लुकाएको १२ किलो १७६ ग्राम चाँदीका गहना बरामद गरिएको होे । बाराको कलैया उपमहानगरपालिका–४ घर भएका सिंहमाथि प्रहरी वृत्त थानकोटले अनुसन्धान गरिरहेको छ । 

गहनाको बिल, बिजक फेला नपरेको एसपी बोहराको भनाइ छ ।