काठमाडौं— ऋणबाट मुक्त हुने आशामा २०८१ चैत १७ गतेदेखि निरन्तर सडक प्रदर्शनमा होमिएका लघुवित्त पीडितहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । देशका विभिन्न जिल्लाबाट काठमाडौं केन्द्रित आन्दोलनमा होमिएका उनीहरुलाई १ महिना १० दिनमा पनि माइती मण्डलामा प्रदर्शन गरेका हुन् ।
गत चैत १७ गते गतेदेखि सडक आन्दोलनमा होमिए पनि सरकारले पहिला गरेका सम्झौता पुरा नगरेको भन्दै बिहीबार उनीहरूले माइतीघरमा प्रदर्शन गरेका हुन् । सरकार र सहकारी तथा लघुवित्त सङ्घर्ष समितिबिच भएको सहमति कार्यान्वयन नभएको भन्दै उनीहरू काठमाडौं केन्द्रित आन्दोलनमा सहभागि भएका थिए ।
सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासङ्घको अगुवाइमा काठमाडौंमा आन्दोलन सुरु भएको थियो । गत चैतमा सरकार र लघुवित्त सङ्घर्ष समितिबिच भएको सहमतिमा ऋणीहरूको साँवा ब्याज, शुल्क, जरिवाना, कालोसूची एवं धितो फुकुवा, पीडितको पुनः स्थापना तथा कर्जा भुक्तानी गर्ने कुनै आधार नभएका (घाइते, अपाङ्ग, दीर्घरोगी), वास्तविक पीडितहरूको कर्जा मिनाहा लगायतका विषयमा सहमति भएको थियो ।