काठमाडौं— नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ । आज सुन तोलामा ६ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज सुन तोलाको एक लाख ९२  हजार २ सय कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको एक लाख ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै आज चाँदीको मूल्यमा भने घटेको छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेर १९५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।