काठमाडौं— बुधबार शेयर बजारमा उछाल आएको छ । आज एकैदिन नेप्से ६२.२५ अंकले बढेर २६७३.६९ विन्दुमा पुगेको छ । आज नेप्से २.३८ प्रतिशतले बढ्दा कारोबारमा पनि उछाल आएको हो ।
आज एकै दिन १० अर्ब ५१ करोड ८४ लाख रुपैयाँ बराबरको २ करोड ७२ लाख ४५ हजार ४५९ कित्ता शेयर कारोबार भएको छ ।
आज २२७ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने १८ वटा कम्पनीको शेयर मूल्य घटेको छ । एक वटा कम्पनीको शेयर मूल्य भने स्थिर हरेको छ ।
आज बजारमा उछाल आउँदा ३०८ वटा कम्पनी कारोबारमा आउँदा ९९ हजार २०५ पटक शेयर किनबेच भएको छ ।
बजारमा उछाल आउँदा सबै समूहमा हरियाली छाएको छ । आज सबैभन्दा बढी फाइनान्स समूह ५.४७ प्रतिशतले बढेको छ भने सबैभन्दा कम ट्रेडिङ समूह ०.५३ प्रतिशतले बढेको छ ।