काठमाडौं— नेपाली बजारमा आज तोलामा रु एक हजार ७०० ले वृद्धि भएको छ । आज एक तोला सुनको मूल्य रु एक लाख ९१ हजार ६०० कायम भएको छ ।
त्यसैगरी, एक तोला चाँदी रु एक हजार ९६५ मा बेचबिखन भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
मङ्गलबार प्रतितोला सुन रु एक लाख ८९ हजार ९०० र त्यति नै परिमाणको चाँदी रु एक हजार ९६५ मा खरिदबिक्री भएको थियो ।