काठमाडौं, वैशाख १५ — नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज दोहोरो अंकको गिरावट आएको छ। कारोबारको अन्त्यमा नेप्से १४.५३ अंकले घटेर २६४७.७० विन्दुमा पुगेको छ।


OM Sai Pathibhara Hospital

आजको दिन ३२७ वटा कम्पनीका दुई करोड ३६ लाखभन्दा बढी कित्ता शेयर किनबेच भए। ७६ हजार ९९८ पटकको कारोबारमार्फत कुल ८ अर्ब ९१ करोड रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।


समूहगत उपसूचकतर्फ हेर्दा, वित्त समूह १.४०% र व्यापार समूह ०.४२% ले वृद्धि भएको छ। बाँकी सबै समूहमा गिरावट देखिएको छ। सबैभन्दा ठूलो गिरावट लगानी समूहमा देखिएको हो, जसको उपसूचक २.१४% ले घटेको छ।