काठमाडौं— नयाँ वर्ष २०८२ लागेसँगै नेपाली पुँजीबजार मापक नेप्से परिसूचकमा उत्साह देखिएको छ । नयाँ वर्ष लागेसँगै कारोबार भएको तीन दिन नेप्से परिसूचक निरन्तर रूपमा वृद्धि भएर लगानीकर्तामा उत्साह थपिएको हो ।
यो साता नेप्से परिसूचक १९.३४ अंकले बढेको छ । अघिल्लो साता ३२.६९ अंकले घटेर २७०३.३९ विन्दुमा रहेको नेप्से परिसूचक यो साता १९.३४ अंकले बढेर २७२२.७३ अंकमा पुगेको हो । यो साता दुई वर्षमा विभाजन भएको छ । साताको पहिलो कारोबार २०८१ को अन्तिम कारोबार भएको थियो भने साताको दोस्रो कारोबार २०८२को वैशाख २ गते भएको थियो ।

यस साता ४ कारोबार दिनका लागि बजार खुलेको थियो । जसमध्ये ३ कारोबार दिन नेप्से बढेको थियो भने १ कारोबार दिनमात्रै बजार घटेर बन्द भएको थियो। साताको पहिलो कारोबार अर्थात् २०८१ को अन्तिम दिन आइतबार नेप्से ८.८४ अंकले घटेको थियो ।