काठमाडौं— मंगलबार सुनको मूल्य घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा १ लाख ८४ हजार ३०० रुपैयाँ कायम भएको हो ।
चैत २१ को कारोबारमा सुनको मूल्य तोलामा १ लाख ८६ हजार रुपैयाँ पुगेको थियो । सोमबार नयाँ वर्षको सार्वजनिक बिदापछि मंगलबार पहिलो कारोबार हुँदा भने १७०० रुपैयाँ घटेर कारोबार भएको हो ।

महासंघका अनुसार एक वर्ष (२०८० चैत ३० देखि २०८१ चैत २१) अवधिमा ४७ हजार रुपैयाँ मूल्य बढेको थियो ।
यसैबिच चाँदीको मूल्य पनि घटेको छ । चैत ३१ मा तोलामा १९६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार घटेर १९४५ रुपैयाँ कायम भएको हो ।