काठमाण्डौ । नेपाल आयल निगमले आर्थिक वर्ष २०८०/८१ मा ९ अर्ब ५५ करोड रुपैयाँ नाफा गरेको छ। निगमको ४३औँ वार्षिक साधारणसभा मार्फत सार्वजनिक गरिएको हो।
निगमले उक्त वर्ष ३ खर्ब ५६ अर्ब ७२ करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात गरेको थियो भने ३ खर्ब ६४ अर्ब ५२ करोड रुपैयाँको पेट्रोलियम पदार्थ बिक्री गरेको छ। आर्थिक वर्ष २०७९/८० मा निगमले ३ खर्ब ८३ अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ बिक्री गरेको थियो।

पेट्रोलियम पदार्थको आयात र बिक्रीवितरणमा एकाधिकार कायम राख्दै निगमले मुलुकभर सहज आपूर्ति व्यवस्था सुनिश्चित गर्दै आएको छ।