काठमाडौं— नेपाली बजारमा आज एकै दिन सुनको मूल्य ४ हजार रुपैयाँले बढेको छ। बुधबार प्रतितोला एक लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक लाख ७४ हजार ५ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

बिहीबार फागू पूर्णिको सार्वजनिक बिदा परेकोले सूनको मूल्य निर्धारण गरिएको थिएन। आज आज एक तोला चाँदी २ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी २ हजार रुपैयाँमा कारोबार भएको थियो। 

OM Sai Pathibhara Hospital

अन्तर्राष्ट्रिय बजारमा आज प्रतिऔंस सुन दुई हजार ९ सय ८६ दशलमव ६ अमेरिकी डलर र चाँदी ३३ दशलमव ८५ डलरमा कारोबार भइरहेको छ।