काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ९० पैसा र बिक्रीदर १३९ रूपैयाँ ५० पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिददर १५० रूपैयाँ ९५ पैसा र बिक्रीदर १५१ रूपैयाँ ६० पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७९ रूपैयाँ ८५ पैसा र बिक्रीदर १८० रूपैयाँ ६२ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५७ रूपैयाँ ४७ पैसा र बिक्रीदर १५८ रूपैयाँ १५ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ३५ पैसा र बिक्रीदर ८७ रूपैयाँ ७२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रूपैयाँ ६० पैसा र बिक्रीदर ९७ रूपैयाँ ०२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रूपैयाँ ०१ पैसा र बिक्रीदर १०४ रूपैयाँ ४६ पैसा निर्धारण गरिएको छ ।
यस्तै, जापानी येन १० को खरिददर नौ रूपैयाँ ३८ पैसा र बिक्रीदर नौ रूपैयाँ ४२ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ १७ पैसा र बिक्रीदर १९ रूपैयाँ २५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ ०४ पैसा र बिक्रीदर ३७ रूपैयाँ २० पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ ११ पैसा र बिक्रीदर ३८ रूपैयाँ २७ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ ११ पैसा र बिक्रीदर चार रूपैयाँ १३ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ८२ पैसा र बिक्रीदर ३७ रूपैयाँ ९८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ ३० पैसा र बिक्रीदर ३१ रूपैयाँ ४३ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ५४ पैसा र बिक्रीदर नौ रूपैयाँ ५९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रूपैयाँ ६५ पैसा र बिक्रीदर १३ रूपैयाँ ७१ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रूपैयाँ २४ पैसा र बिक्रीदर २० रूपैयाँ ३३ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ८७ पैसा र बिक्रीदर १७ रूपैयाँ ९५ पैसा, कुवेती दिनार एकको खरिददर ४५० रूपैयाँ ८४ पैसा र बिक्रीदर ४५२ रूपैयाँ ७९ पैसा, बहराइन दिनार एकको खरिददर ३६८ रूपैयाँ ४७ पैसा र बिक्रीदर ३७० रूपैयाँ ०७ पैसा, ओमनी रियाल एकको खरिददर ३६० रूपैयाँ ७९ पैसा र बिक्रीदर ३६२ रूपैयाँ ३५ पैसा रहेको छ । भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।