काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले लोकतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताएका छन्। जनताले लोकतन्त्रको सट्टा निरंकुशता नखोजेको थापाले बताए ।

मंगलबार उनले आफ्नो सामाजिक संजालमा लेखेका छन्, ‘लोकतन्त्रको विकल्प राजतन्त्र होइन, हुनसक्दैन्। त्यो सबैले बुझेका छन्। जनताले लोकतन्त्रको सट्टा निरंकुशता खोजेको होइन। जनताले लोकतन्त्रको विकल्प खोजेको पनि होइन।’

OM Sai Pathibhara Hospital

जनताले लोकतन्त्र नै तर राजासहितको खोजेको उनको बुझाइ छ। उनी लेख्छन्, ‘राजासहितको लोकतन्त्र खोजेको हो। लोकतन्त्रको नाममा हाल कायम छाडातन्त्र, सिण्डिकेटतन्त्र र लुटतन्त्रको विकल्प खोजेको हो। मर्यादित र जवाफदेही लोकतन्त्र खोजेको हो। राजासहितको प्रजातन्त्र विश्वमा सर्वाधिक सफल प्रजातन्त्र मानिन्छ। बेलायत, जापान, नर्वे लगायतका कैयौं मुलुक त्यसको ज्वलन्त उदाहरण हुन्। जनताले चाहेको त्यस्तै प्रजातन्त्र हो। त्यसैले सच्चा लोकतन्त्रवादीले राजा आउँदा आत्तिनु पर्दैन।’