राजावादीको गतिविधि बढेपछि माओवादीको जागरण अभियान स्थगित
काठमाण्डौ । राजावादीको गतिविधि बढेको भन्दै माओवादी केन्द्रको ‘जनतासँग माओवादीः तराई–मधेस जागरण अभियान’ फागुन महिनाभरका लागि अभियान कार्यक्रम स्थगित भएको छ।
राजावादी गतिविधि बढिरहेको अवस्थामा राजावादीको गतिविधिलाई चुनौती दिने गरी संसदीय र अन्य मोर्चामा पार्टीलाई सक्रिय राख्न हाललाई अभियान स्थगित गर्ने निर्णय भएको छ । अभियान अन्तरगत शनिबार रौतहटमा अध्यक्ष प्रचण्डसहितका नेताहरूको कार्यक्रम भएको छ ।
फागुन १२ देखि पूर्वको झापाबाट सुरु भएको नेकपा(माओवादी केन्द्र)को तराई मधेस जागरण अभियान स्थगित गरी शीर्ष नेताहरू काठमाडौँ फर्किएका छन् ।
पछिल्लो समय राजावादीहरूले आफ्नो गतिविधि बढाउँदै लगेका छन् । आइतबारका लागि राजावादीहरूले पोखराबाट काठमाडौँ फर्किँदा पूर्वराजा ज्ञानेन्द्र शाहलाई भव्य स्वागत गर्ने तयारी गरेका छन् ।