काठमाण्डौ । नेपाल शिक्षक महासङ्घको नेतृत्वमा शिक्षण पेसासँग सम्बन्धित विभिन्न मागहरू अघि सार्दै माइतीघरदेखि नयाँ बानेश्वरसम्म शिक्षकहरूले विरोध प्रदर्शनमा उत्रीएका छन।
शिक्षक महासङ्घले सरकारसँग शिक्षा ऐन यथाशीघ्र जारी गर्नुपर्ने, हालै प्रमाणीकरण भएको निवृत्तिभरण सम्बन्धी अध्यादेश खारेज गर्नुपर्ने २०८० सालमा सरकारसँग भएको सहमति कार्यान्वयन गराउन लगायतका माग राख्दै चरणबद्ध आन्दोलनको घोषणा गरिसकेको छ।

शिक्षकहरूले माइतीघर मण्डलाबाट जुलुस निकाल्दै नाराबाजी गर्दै नयाँ बानेश्वर पुगेका छन्। उनीहरूले विगतका सबै सहमति कार्यान्वयन गराउन सरकारलाई बाध्य पार्ने बताएका छन्।