काठमाडौं ।  काठमाडौंमा भूकम्पको धक्का गएको छ ।आज शनिबार दिउँसो २ बजेर २६ मिनेट जादा सानो धक्का महसुस भएको छ ।

भूकम्पको जानकारी राख्ने वेबसाइट ईएमएससी ईयूका अनुसार पश्चिमी सिजाङ भएर गएको भूकम्पको तीव्रता ५.९ म्याग्निच्युडको रहेको थियो । यसको केन्द्रबिन्दु नेपालको लोबुचेभन्दा ९८ किलोमिटर उत्तर पश्चिम रहेको थियो ।

आजै बिहान बागलुङ केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।