दैलेख :ओलीले नाकाबन्दिमा लिएको अडान अब पुरा हुने आशा : केपी ओली पहिलो पटक प्रधानमन्त्री भएका बेला भारतले नाकाबन्दी लगाएको थियो।

पेट्रोलियम पदार्थको हाहाकार भएको बेला ओलीले नेपालमै पेट्रोलियम पदार्थको उत्खनन गर्ने चीनसँग सम्झौता गरेका थिए। सो अनुसार चीन सरकारको सहयोगमा दैलेख भैरवी गाउँपालिका–१ स्थित जलजलेमाकुलमा ४ हजार २ मिटर गहिराइसम्म उत्खनन गरी पेट्रोलियम पदार्थको नमुना (स्याम्पल) निकालिएको छ ।

OM Sai Pathibhara Hospital

अब यसलाई प्रयोगशालामा परीक्षण गरी व्यवसायिक उत्खननको कामलाई अघि बढाउने सरकारले बताएको छ।