काठमाडौं–नेपालमा डेंगु संक्रमणले भयावह स्थिति लिँदै गर्दा १५ हजारभन्दा बढीमा डेंगु पुष्टि भएको छ, सात जनाको मृत्यु भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार जुम्ला बाहेक सबै जिल्लामा डेंगु फैलिएको छ, सबैभन्दा बढी कास्की, तनहुँ, काठमाडौँ र पर्वत प्रभावित भएका छन्। 

कास्कीमा २,२२१, तनहुँमा १,७२६, काठमाडौँमा १,९८६ र पर्वतमा १,२८३ जनामा संक्रमण पुष्टि भएको छ। गण्डकी, बागमती, र कोशी प्रदेशमा सबैभन्दा बढी संक्रमित देखिएका छन्, जहाँ क्रमशः ६,४८९, ४,४८९ र १,३२९ जनामा संक्रमण देखिएको छ।

OM Sai Pathibhara Hospital

डेंगु एडिज लामखुट्टेको टोकाइबाट फैलिने रोग हो। यसको लक्षणमा उच्च ज्वरो, टाउको र जोर्नी दुख्ने, शरीरमा राता बिमिरा आउने, र आँखाको गेडी दुख्ने समावेश छन्। चिकित्सकहरूका अनुसार लामखुट्टेको टोकाइबाट जोगिन, पूरै शरीर ढाक्ने लुगा लगाउने, झुल प्रयोग गर्ने, र चिकित्सकको सल्लाहअनुसार मात्र औषधी सेवन गर्न सुझाव दिएका छन्।