काठमाडौं- भूमि सुधार, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सरकारले एक महिनाभित्र भूमि समस्या समाधान आयोग बनाउने बताएका छन् । 

आज एशिया किसान संगठनको कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले सरकारले नेपालमा रहेका भूमिहिन किसान, समस्याग्रस्त, अव्यवस्थित सबै किसानहरुलाई व्यवस्थित गर्नेगरी एक महिनाभित्र आयोग बनाउने गरी तयारी भएको बताए । 

OM Sai Pathibhara Hospital

उनले भूमिहिन किसानलाई जग्गा उपलब्ध गराएर उनीहरुलाई कृषि व्यवसायमा आवद्ध गराएर जीविकोपार्जन गर्न सक्ने गरी उद्यमशिलतामा जोड्ने योजना सरकारको रहेको बताए । 

मन्त्री अधिकारीले सबै किसानहरुलाई उद्यमशिलतासँग जोड्दै आर्थिक समृद्धितिर बढाउने र जनतालाई सुखी बनाउने लक्ष्य रहेको र त्यसका लागि मन्त्रालयले एक महिनाभित्र भूमि समस्या समाधान आयोग बनाउने बताए । 

नेपालमा रहेका भूमिहिन किसानलाई बासको ग्यारेण्न्ी गर्ने गरी काम गरिरहेको भन्दै अधिकारीले काम गर्दा नमिलनेका कुराहरु मिलाएर र कानूनी अल्झनहरुलाई पनि सबैसँगको सहकार्यमा सरकारको अनकुलतामा काम गर्ने योजना रहेको बताए ।