काठमाडौं–नेपालमा जापानिज इन्सेफ्लाइटिसका कारण हालसम्म १४ जनाको मृत्यु भएको छ ।  स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमका अनुसार, भदौ १५ देखि असोज १५ सम्मको समयलाई उच्च जोखिमका रूपमा लिइन्छ । सामान्यत: साउनदेखि कात्तिकसम्म जापानिज इन्सेफ्लाइटिस फैलिन्छ । क्युलेक्स प्रजातिको लामखुट्टेले फैलाउने यो रोग पानी जम्ने स्थानमा बढी देखा पर्छ । 

लक्षणहरू

OM Sai Pathibhara Hospital

उच्च ज्वरो

टाउको दुखाइ

पक्षघात

घाँटी कडा हुनु

कम्पन

कसरी बच्ने ?

झूल टाँगेर सुत्ने 

घरपालुवा जनावरलाई टाढा राख्ने

पूरा बाहुला भएको लुगा लगाउने

घरको झ्याल र ढोकामा जाली राख्ने

पानी जम्ने ठाउँ सफा राख्ने

लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गर्ने

सरकारले २०१६ देखि १२ महिनासम्मका बालबालिकालाई खोप दिँदै आएको छ । यसअघि, केही जिल्लामा मात्र खोप दिइएको थियो । हाल, १२ महिनासम्मका सबै बालबालिकालाई खोप दिइन्छ, र छुटेका बालबालिकालाई पाँच वर्षसम्म खोप दिइन्छ ।