काठमाडौं- काठमाडौं उपत्यका भित्रिने मुख्य नाका नागढुंगामा पहिरो खसेपछि यातायात अवरुद्ध बनेको छ । 

चन्द्रागिरि नगरपालिका-२ स्थित नागढुङ्गामा पहिरो खस्दा अहिले सो क्षेत्रमा यातायात सन्चालन हुन नसकेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

OM Sai Pathibhara Hospital

उनका अनुसार नागढुङ्गा चोकबाट केही मिटर पर नागमन्दिर नजिकै पहिरो खसेको छ । अहिले सो क्षेत्रमा पानी परिरहेको र पहिरो खस्ने क्रम जारी रहेकाले यातायात खुलाउन सकेको छैन । 

पानी परेको रोकेपछि पहिरो हटाउने काम सुरु हुने प्रहरी उपरीक्षक अधिकारीले बताए । 

अहिले काठमाडौंबाट जाने सवारी साधन नागढुङ्गामै रोकेको छ भने काठमाडौ भित्रिने सवारी साधानलाई पिप्लामोडभन्दा तलै रोकेको छ ।