अर्घाखाँची- अर्घाखाँचीमा पहिरोले गोठ पुरिंदा एक जनाको मृत्यु भएको छ । 

मंगलबार बिहान परेको वर्षापछि शितगंगा नगरपालिका-१३, सिमलपानीमा पहिरोले पुरिंदा ३५ वर्षीय बिष्णु थापाको मृत्यु भएको हो ।

OM Sai Pathibhara Hospital

पक्की पिल्लरसहित २ तले गोठ माथिबाट पहिरो खसेर पुरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

पहिरो खस्न थालेपछि पशुचौपायालाई गोठबाट बाहिर निकाल्न गएका थापालाई पहिरोले च्याँप्दा घटनास्थलमै थापाको मृत्यु जिल्ला प्रहरी कार्यालय अर्घाखांचीका सूचना अधिकारी प्रहरी निरक्षिक दीपेन्द्र रावलले जानकारी दिए । 

पहिरोले गोठमा रहेको एउटा पाडो र दुईवटा बाख्रा समेत च्यापिएर मरेका छन् ।