काठमाडौं- भक्तपुरमा आठ रात नौ दिनसम्म मनाइने गाईजात्रा पर्व आज सुरु भएको छ । सोमबार साँझ तौमढीस्थित भैरव मन्दिरबाट गुठी कार्यालयको घिन्ताङघिसी नाच निकालेर भक्तपुर परिक्रमा गरेपछि जात्रा सुरु भएको मानिन्छ ।

गाईजात्रा पर्वका अवसरमा भक्तपुरका नेवार समुदायले आज बिहानैदेखि टोलटोलबाट गाई निकालेर घिन्ताङघिसी नाच प्रदर्शन गर्दै गाइजात्रा मनाइरहेका छन् । 

OM Sai Pathibhara Hospital

दिवङ्गत व्यक्तिको सम्झनामा आज नेवार समुदायको घरघरबाट गाईको प्रतिमा बनाएर निकाल्ने परम्परा रहेको छ । 

आज गाईजात्राका सहभागीलार्ई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने गरिन्छ । 

जात्राको आकर्षणका रूपमा रहेको घिन्ताङघिसी नाचसँगै हनुमान नाच, जङ्गल नाच र माक प्याखं अर्थात् बाँदर नाचसमेत टोलटोलमा प्रदर्शन गरिन्छ । यसका साथै लाखे नाच, भैरव नाचलगायत देवीदेवताका नाचसमेत प्रदर्शन गरिन्छ ।