काठमाडौं- प्रतिकूल मौसमका कारण मुलुकको आन्तरिक हवाई उडान प्रभावित बनेको छ । 

खराब मौसम तथा कम ‘भिजिविलिटी’का कारण पोखरा र भरतपुर गन्तव्यमा उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए ।  

OM Sai Pathibhara Hospital

अन्य पहाडी क्षेत्रका विमानस्थलमा पनि सामान्य उडान प्रभावित भएको उनको भनाई छ । पोखरा र भरतपुरमा अहिलेसम्म कुनै पनि उडान भएको छैन । 

वर्षा कम भएसँगै भिजिविलिटीमा सुधार आएपछि उडान सुचारु हुनेछ । अन्तर्राष्ट्रिय उडानहरु भने नियमित भइरहेका छन् ।