काठमाडौं- जाजरकोटमा पहिरोले पुरिएर एकै घरका तीन जनाको मृत्यु भएको छ । जिल्लाको नलगाड नगरपालिका वडा नम्बर-२ माझगाउँमा आइतबार राति स्थानीय लालबहादुर परियारको घर पहिरोले पुरिएको हो । 

घरमाथिबाट खसेको पहिरो अस्थायी टहरा पुरिँदा परियारका साथै उनकी श्रीमती ३४ वर्षीया मनीषा परियार र २ वर्षीय छोराको मृत्यु जाजरकोटका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए । 

OM Sai Pathibhara Hospital

भूकम्पले घर भत्किएपछि परियारको परिवार अस्थायी टहरामा बस्दै आएका थिए ।