काठमाण्डौ । वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको रथ तान्न शनिबारबाट सुरु भएको छ।रथ निर्माण यही वैशाख १२ गतेबाट सुरु भएको थियो भने वैशाख २७ गते मच्छिन्द्रनाथलाई रथारोहण गराइएको थियो।
रथलाई पाटनका सबै टोल घुमाएपछि असार शूक्ल चौथीमा जावलाखेल पुर्याएर अन्तिम दिन भोटो देखाई अन्त्य गर्ने चलन छ।
रथ यात्रा हेर्नका लागि ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरिबाबु महर्जनको निमन्त्रणामा युरोपेली युनियन, फ्रान्स, इजरायल, नर्वे, दक्षिण कोरिया, स्वीजरल्याण्ड, थाइल्याण्ड, संयुक्त अधिराज्यलगायत देशका राजदूत र विश्व बैंक, युनिसेफ, युएसएआइडी, एसियाली विकास बैंकलगायत निकायका प्रतिनिधिहरू सहभागी छन्।