काठमाडौं ।  आज बिहानैदेखि स्वस्थानी व्रत समापन गर्न साँखुको शालीनदीमा श्रद्धालु र ब्रतालुको भीड लागेको छ । हरेक वर्ष पौष शुक्ल पूर्णिमामा सुरु गरी माघ शुक्ल पूर्णिमासम्म श्रीस्वस्थानीको व्रत बस्ने, पूजा गर्ने र कथा सुन्ने परम्परा छ। माघ शुक्ल पूर्णिमाका दिन दीप–कलश–गणेशको पूजा गरी अष्ट दलमा अष्टमातृकासहित श्रीस्वस्थानी देवीको विशेष पूजा–अर्चना गरिन्छ।Screenshot_2024_0224_105011

माघ शुक्ल पूर्णिमाको अवसरमा शनिवार श्रीस्वस्थानी व्रत समापन गरिँदैछ। काठमाडौँको उत्तरपूर्व साँखुस्थित शालीनदी किनारमा लागेको माधवनारायण व्रत तथा मेला पनि समापन हुँदैछ। यहाँ पौष शुक्ल पूर्णिमादेखि श्रद्धालु निष्ठापूर्वक व्रत बसेका थिए । व्रत समापन गर्ने दिन शनिबार माधवनारायण व्रतालुमा श्रद्धालुको घुइँचो लागेको छ।Screenshot_2024_0224_105040

OM Sai Pathibhara Hospital

देवाधिदेव महादेवसहित स्वस्थानीको पूजा आराधना गरी अर्घ दिई विधिपूर्वक गर्नाले मनोकाङ्क्षा पूर्ण हुने विश्वास गरिन्छ। समापनको पूजामा अक्षता, बेलीपुष्प, जनै, रोटी, पान, सुपारी र मौसमअनुसारका फलफूल एवं बत्ती १०८ को सङ्ख्यामा चढाउने विधान छ। यसरी चढाएको नैवैद्यमध्ये आठ रोटी, आठ पान, आठ सुपारी र फल श्रीमान् वा छोरा (छोरी)लाई दिई १०० रोटी ब्रतालुले खाने नियम छ।Screenshot_2024_0224_105736

सत्ययुगमा महादेव पति पाउन देवी पार्वतीले भगवान् विष्णुको सल्लाहमा स्वस्थानी परमेश्वरीको व्रत बसेको बताइन्छ। महादेव पति पाएपछि पार्वतीले नै यो व्रतको प्रचार गर्न लगाएको व्रत कथामा उल्लेख छ। यो पूर्णिमामा पद्मपुराणअन्तर्गतको १५३ श्लोकको ‘स्वस्थानी व्रत माहात्म्य’ पाठ गर्ने परम्परा छ।
Screenshot_2024_0224_105736